तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बीरगंज । बारा र पर्सामा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

बाराको गढीमाई मेलाबाट गएराति फर्किने क्रममा अचानक मोटर साईकलबाट लड्दा बाराको सुर्वण गाउपालिका वडा नम्बर ४ हटिया निवासी २० बर्षीय बृजबिहारी प्रसाद यादव गम्भिर घाइते भएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

आफैले चलाएको मोटर साईकल अनियन्त्रित भई पोखरी नजिकैको सडक किनारमा खस्दा घाइते यादवको उपचारको क्रममा आज विहान वीरगजस्थित हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी आज बिहान पर्साको पोखरीयामा भारतिय नम्बरको मोटर साईकलले ठक्कर दिँदा चालक र पैदलयात्रीसहित तीन जना गम्भिर घाइते भएका छन । बिआर २२ एम ८१४५ नम्बरको भारतीय मोटर साईकलले पोखरीया नगरपालिका वडा नं. २ लमरीयाका मिश्री साह लाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएको र मोटर साईकल चालक पोखरीया १ का मुनिलाल राम र निजकी श्रीमति सरस्वती देवी रामसमेत घाइते भएका छन् ।

तिनै जनाको नारायणी अस्पताल वीरगंजमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

यसैविच पर्साको सिमावर्ती भिस्वा बाजारमा एक वृद्धको बेवारी से अवस्थामा शव फेला परेको छ । मृतकको पहिचानखुल्न नसकेको र शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button