तपाईँ सुन्दै हुनुहुन्छः

डिभिजन प्रमुखसहित ४ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्काको बोलपत्र केरमेट गरी सच्याइ सरकारलाई गैरकानूनी हानी नोक्सानी गराएको आरोपमा ठेक्का लिने डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याल सहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरको भन्दै डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन सिडिई अर्यालसहित लेखा अधिकृत जीवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साह विरुद्ध आरोपपत्र दायर गरिएको जनाएको छ ।

ठेक्काको बोलपत्र मूल्याङ्कन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले पेश गरेको बोलपत्रका दररेट अङ्क र अक्षरमा सच्याई १९ लाख ५० हजार ४ सय ४० रुपैया थपेर सम्झौता गरेको अस्तियारले आरोप लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button