तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा वित्तिय साक्षरता कार्यक्रम

दोलखा/दोलखा चेम्बर अफ कर्मशले सेञ्चुरी बैङ्कसंगको सहकार्यमा सदरमुकाम चरिकोटमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादु केसीले गर्नु भएको थियो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुदै नगरप्रमुख केसीले वित्तिय संस्थाहरुले उद्योग व्यवसायमा लगानि गर्ने कुरामा ढिलासुस्ती गर्न नहुने उल्लेख गर्नुहुदै महिला उद्यमीहरुलाई सबैक्षेत्रबाट प्रोत्साहित गरिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा सेञ्चुरी बैङ्क केन्द्रीय कार्यालयका साना तथा मझौला कर्जा विभाग प्रमुख शिवगोपाल रिसालले बचतको फाईदा, ऋण लगानि तथा असुलीको प्रकृया, लेखा तथा कर, ई बैङ्कीङ सेवा लगायतको विषयमा जानकारी गराउनु भएको थियो । दोलखा चेम्बर अफ कर्मशका अध्यक्ष विष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, सेञ्चुरी बैङ्कका चरिकोट शाखा प्रमुख भोला पराजुली, दोलखा उद्योग बाणिज्य संघको कोषाध्यक्ष अनिता श्रेष्ठ र दोलखा चेम्बर अफ कर्मशका सचिव रुद्रजंग बुढाथोकीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

दोलखा महिला चेम्बर अफ कर्मश गठन
वित्तिय साक्षरता कार्यक्रमकै अवसरमा दोलखा महिला चेम्बर अफ कर्मशको घोषणा समेत गरिएको छ । दोलखा महिला चेम्बर अफ कर्मशको अध्यक्षमा गौरी शाहि खड्का, उपाध्यक्ष पवित्रा पौडेल, सचिव सविता श्रेष्ठ र कोषाध्यक्ष नविता श्रेष्ठ तमाङ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा बविता अधिकारी कार्की, चण्डीका चौलागाई, निमढिकी शेर्पा गोली, ओसिना विश्वकर्मा, जस्मिन तमाङ, दुर्गा श्रेष्ठ, सन्तोषी सापकोटा, सन्तोषी श्रेष्ठ, उमा थापा कार्की, तारादेवी वस्नेत, हरमानी खड्का, कल्पना श्रेष्ठ र जमुना श्रेष्ठ रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button