तपाईँ सुन्दै हुनुहुन्छः

तीन बर्षभित्रमा कर्णालीका गाउँगाउँमा विद्युतीकरण –उर्जा मन्त्री पुन


जाजरकोट । उर्जा सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले तीन बर्ष भित्रमा कर्णाली प्रदेशको सवै क्षेत्रमा विद्युती करण पुर्याउने गरी काम अगाडि बढेको कुरा बताउनु भएको छ ।

केन्द्रिय प्रसारण लाइन पुग्ने ठाउँमा विजुली पुर्याउने र प्रसारण लाइन नपुग्ने ठाउँमा सोलार लगायत शौर्य बत्तीको व्यवस्था गरेर जनतालाई उज्यालो दिने गरी काम हुन्छ मन्त्री पुनले भन्नुभयो ।

चार सय १७ मेघावाटको नलगाड हाईड्रोपावर कम्पनी लिमिटेड आयोजना निरीक्षणका लागि जाजरकोट पग्नुभएका मन्त्री पुनले कर्णालीको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउँनुभयो ।

मन्त्री पुनले जाजरकोटमा बन्न लागेको ४ सय १७ मेघावाट क्षमताको नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडको काम अघि बढाउन जापानी सहयोग नियोग जाईकासँग छलफल भैरहेको पनि बताउनु भयो । ‘डिपिआर बन्ने वित्तिकै हामी प्रक्रिया थाल्छौ’ मन्त्री पुनले बताउनु भयो । ‘यो आयोजनाले देशको उर्जा संकट समाधान गर्न सहयोग गर्छ र कर्णालीको विकासमा पनि कोशे ढुङ्गा सावित हुन्छ ।’ मन्त्री पुनको भनाई थियो ।

आयोजनाको निरीक्षणका लागी आयोजनाको विस्तृत आयोजना प्रतिबेदन (डिपिआर ) निर्माणको काम अन्तिम चरणमा पुगेको बेला उर्जा मन्त्री पुन सहितको टोली आयोजनाको ड्याम स्थल सेपुखोला र आयोजनाको विद्युत उत्पादन स्थल दल्लीको स्थलगत अवलोकन गरेको हो । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, जिल्लाका साँसदहरु, उर्जा सचिव, उर्जा विज्ञ सहित हेलिकोप्टरबाट आयोजना स्थल पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button