तपाईँ सुन्दै हुनुहुन्छः

रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौँ । प्रतिनिधी सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले रेडियोधर्मी पदार्थको दुरुपयोग हुन नदिन कानुनले नै नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा रेडियोधर्मी पदार्थको निकासी र पैठारीलाई कुनै पनि छिद्रबाट बाहिर जान नदिने व्यवस्था विधेयकमा हुनुपर्ने भन्दै सांसदहरुले इजाजत प्राप्त ढुँवानीकर्ताले रेडियोधर्मी पदार्थबाट जनस्वास्थय, पर्यावरण र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर नपर्ने गरी व्यवस्था विधेयकमा राखिनुपर्ने बताउनुभयो ।

समितिकी सभापति जयपुरी घर्तीले विस्तृत छलफल गरेर मात्रै विधेयक संशोनसहित पारित गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button