तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम अन्वेषणको कार्य तीव्र रुपमा

दैलेख । दैलेखमा शुरु गरिएको पेट्रोलियम अन्वेषण टोलीले अन्वेषणको कार्यलाई तीव्रताका साथ अघि बढाएको छ ।

सरकारले उच्च प्राथमिकता दिएर अघि बढाएको पेट्रोलियम अन्वेषण अन्र्तगत हाल साइस्मिक सर्वेको काम तीव्र पारी जमीनभित्र तरङ्ग पठाउने काम भएको छ ।

साइस्मिक सर्वेपछि त्यसको अनुसन्धान गरेर पेट्रोलियम पदार्थको भण्डारणको क्षेत्र पहिचान हुनेछ । नेपाल सरकारले चीन सरकारसँग भएको सम्झौताअनुसार दैलेखको २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि डिलिङ गर्ने काम गरिएको हो ।

चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषणका विभिन्न काम त्यस क्षेत्रमा एकै साथ अगाडि बढाएका छन् ।

जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोही अनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने खानी तथा भूभर्वविद् खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो ।

चट्टानका कारण कहिलेकाहीँ मेशिनमा सामान्य समस्या उत्पन्न हुने गरेको भए पनि तत्काल मेशिन निर्माण गरेर काम शुरु भइरहेको साइस्मिक परियोजनाको व्यवस्थापन जिम्मेवारी लिएका सूर्यमणि लामिछानेले जानकारी दिनुभयो ।

पेट्रोलियम अन्वेषणको काम संवेदनशील विषय भएकाले खोज र अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षित रुपमा गर्नुपर्ने भएकाले कुन भूभागमा कति परिमाणमा छ या छैन भन्ने कुराको यकिन भएपछि मात्र सञ्चारमाध्यममा यसको प्रगति दिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button