तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजवादी व्यवस्था स्थापनाका लागि सहकार्य आवश्यक’

गृहमन्त्री रामबहादुर थापाले नेपालमा समाजवादी शासन व्यवस्था स्थापना गर्न प्रगतिशील विचार राख्ने सम्पूर्ण शक्तिहरूबीच एकता र सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

जनसाँस्कृतिक महासंघ नेपालले जनगायक खुशीराम पाख्रिनको दोस्रो स्मृति दिवसका अवसरमा आज काठमाडौमा गरेको कार्यक्रममा मन्त्री थापाले संविधानले कल्पना गरेको समाजवादी शासान व्यवस्था सुनिश्चित गर्न प्रगतिशील विचार राख्ने सम्पूर्ण शक्तिहरू एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

समाजवादी शासन व्यवस्थालाई दीर्घकालीन लक्ष्य बनाएर अगाडि बढ्नुपर्ने बताउनुहुँदै मन्त्री थापाले राजनैतिक दलहरूलाई आफ्नो लक्ष्यमा विचलित हुन नदिने र समाजवादको सपनालाई जीवित राख्ने दायित्व संगीत, कला र साहित्य क्षेत्रको भएको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)का नेता मणी थापाले गीत–संगीत र कला साहित्यले राजनीतिलाई जनताको पक्षमा उभ्याउन सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button