तपाईँ सुन्दै हुनुहुन्छः

२७ स्वर्णसहित नेपाल अग्रस्थानमा कायमै

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत नेपालले २७ स्वर्ण ल्याई पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।

नेपालले हालसम्म २७ स्वर्ण, १४ रजत र १२ कास्यसहित प्रथम स्थानमा कायमै छ । यस्तै भारत २३ स्वर्ण, १९ रजत र १२ कास्य पदकसहित दोस्रो स्थानमा छ ।

पाकिस्तान ८ स्वर्ण, १४ रजत र १३ कास्यसहित तेस्रो, श्रीलङ्का ७ स्वर्ण, १८ रजत र ३२ कास्यसहित चौथो, बङ्गलादेश ४ स्वर्ण, ७ रजत र २४ कास्यसहित पाँचौँ, माल्दिभ्स १ स्वर्ण जित्दै छैटौँ तथा भुटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ ।

साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराब ब्याटिङका कारण नेपालले पहिलो हार ब्यहोर्यो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर २ बलमा ५० रनमा अलआउट भयो ।

नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन ।

जवाफमा बंगलादेशले विना विकेटको क्षतिमा ७ ओभर एक बलमा लक्ष्य पुरा गर्यो ।

नेपाल र श्रीलंकाबीच भएको फुटबलमा १–१ गोल गर्दै अंक बाडेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button