तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्‍त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज हुनुभएको छ ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि केही दिनको आरामपछि आज डिस्चार्ज हुनुभई प्रधानमन्त्री निवास बालुवाटार फिर्ता हुनुभएको प्रधानमन्त्रीका प्रेस बिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमी, प्रत्यारोपण विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारी, केन्द्रका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठलगायतको चिकित्सकको समूह संलग्न रहेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुनुअघि अस्पताल जानुभई आजै प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button