तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख नेकपाबाटै बन्नेः देव गुरूङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सभामुख पदमा आफ्नो पार्टीको दाबी रहने बताउनुभएको छ ।

रिपोर्टस कल्व नेपालले आज काठमाडौंमा गरेको साक्षात्कारमा प्रमुख सचेतक गुरूङले संसदको सबैभन्दा ठूलो दलको हैसियतले नेपाल कम्युनिष्ट पार्टीको दाबी स्वभाविक हुने समेत स्पष्ट पार्नुभयो ।

प्रमुख सचेतक गुरूङले पार्टीको शिर्ष नेताहरूबीच पार्टीका तर्फबाट सभामुखको सम्भावित उम्मेदवारका बारेमा समेत छलफल भईरहेको जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट निर्वाचित उपसभामुख बहाल रहेको र सभामुख र उपसभामुख एकै दलबाट हुन नमिल्ने संवैधानिक व्यवस्था भए पनि सभामुख आफ्नो दलले लिनेगरी सत्ता साझदार दलहरूसंग छलफल भईरहेको सचेतक गुरूङले बताउनुभयो ।

प्रमुख सचेतक गुरूङले उप–सभामुखले समामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्ने बाहेक सभामुखले गर्नुपर्ने अन्य काम गर्न नमिल्ने भएको हुनाले आगामी हिउँदे अधिवेश अगाडि नै सभामुखको चयन हुनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले संसदको हिउँदे अधिवेशन तत्काल बोलाउनु माग गर्नुभयो ।

संसदीय सुनुवाई समितिका अध्यक्ष समेत रहनुभएका नेता कर्णले संसदको बैठक सुरू नहुँदा संसदीय समितिहरू समेत काम विहीन भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button