तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर प्रदेशसभा अनुभव आदान -प्रदान तथा अन्तरक्रिया कार्यक्रम पोखरामा सुरु

पोखरा । कास्कीको पोखरामा तीन दिने अन्तर प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

गण्डकी प्रदेश सभाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, संविधानसभा अध्यक्ष सुवास नेम्बाङ सहित सातै प्रदेशका सभामुख र उपसभामुखहरुको उपस्थिती रहेको छ ।

आजबाट शुरु भएको अन्तर प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै ठाउँमा समान बिकासका लागि सरकारले एउटा विधि बनाएर आगाडी बढ्नुपर्ने बताउनुभयो । तिमिल्सिनाले तीन वटै तहका सरकारबीच सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताउदै संघियतामा नयाँ संरचना बनाउनु पर्ने प्रक्रियाले कानुन निर्माणलगायत कतिपय काममा ढिलाइ भएको बताउनुभयो ।

‘कर्मचारी, कार्यालय व्यवस्थापनलगायत अधिकार र कार्यक्षेत्रले नयाँ संरचना बनाउन एकैसाथ धेरै कुरा गर्नुपर्ने अवस्था रह्यो’ रहेको भन्दै उहाँले ‘कतिपय निर्वाचनअघि अध्यादेशबाट ऐन र अन्य काम गर्न सकिनेमा राजनीतिक दलहरुले ध्यान र्पुयाउन नसक्दा ढिलाई भएको बताउनुभयो । नयाँ अभ्यासबाट धेरै कुरा सिकिएको र विधि, प्रक्रियाबाट ऐन बन्दै गएको पनि उहाँको भनाई थियो ।सांसदहरुले बिकास निर्माणका लाग बजेट बाढ्नु संघियताविरोधी काम भएको उहाँले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले तीनै तहका सरकारबीच सहकार्य,समन्वय र सहअस्तित्व कायम गर्न नसकेमा देश समृद्धितर्फ जान नसक्ने बताउनुभयो । ‘संघले कतिपय कानुन नबनाईदिदा प्रदेशलाई अप्ठेरो परेको गुनासो गर्दै उहाँले संघियताको मर्म अनुसार प्रदेशको अस्तित्व केन्द्रले स्विकार्न नसकेको उहाँको भनाई छ । संघीय सरकारको असहयोगले प्रदेशले बजेट कार्यान्वयनमा समेत समस्यापैदा भएको गुरुङको भनाई छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन,उपसभामुख श्रृजना शर्मा लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button