तपाईँ सुन्दै हुनुहुन्छः

सात बुँदे घोषणापत्र जारी गर्दै सुदूरपश्चिम वित्तीय सम्मेलन सम्पन्न

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा भएको सुदू्रपश्चिम प्रदेश वित्तिय सम्मेलन सात  बुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

प्रदेशमा वित्तिय पहुँचको सुनिश्चितता गर्ने, बचत परिचालन गरी पूजी निर्माण गर्ने, सम्भाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गर्ने, प्रदेशवासीलाई आधुनिक बैकिङ्ग प्रणालीमा आवद्ध गर्ने, वित्तिय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउने उद्देश्य अनुरुप आयोजना गरिएको वित्तीय सम्मेलन सात बँदे घोषणा पत्र जारी गर्दै समापन भएको छ ।

सम्मेलनबाट जारी घोषणा पत्रमा प्रदेशभर बिमाको पहुँच पुगाउन प्रदेश सरकार नेपाल बिमक संघ तथा जिवन बिमक संघसँग आठ बुँदे सहमती पत्रमा हस्ताक्षर गरिएकोे छ ।

यस्तै नेपाल सरकार, बिमा समिति, बिमा कम्पनी र स्थानीय तहको सहकार्यमा आगामी ५ बर्षमा ५० प्रतिशत प्रदेशवासीलाई बिमाको पहुँचको दायरामा आवद्ध गर्न प्रदेश सरकारले समन्वय गर्ने, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक तथा नेपाल लघुवित्त बैंकर्स संघसंग प्रदेश सरकारले प्रदेशभर वित्तीय पहुँच पुगाउन १० बुँदे सहमतीपत्रमा हस्ताक्षर गरिएको घोषणा पत्रमा भनिएको छ ।

यसैगरी नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय सस्था र स्थानीय तहको सहकार्यमा आगामी ५ बर्षमा ८० प्रतिशत प्रदेशवासीलाई बैंकिङ पहुँचको दायरामा समेट्ने, प्रदेशमा वित्तीय पहुँच अभिवृिद्ध गर्न आर्थिक मामिला तथा योजना मन्त्रलायमा हेल्प डेस्क स्थापना गर्ने, प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम प्रवद्र्धन गर्न प्रदेश सरकारले स्थानीय सरकारहरुलाई विद्यालय, कलेजको पाठ्यक्रम विकास गर्न सहजीकरण गर्ने र नेपालको सीमानामा विदेशी मुद्राको प्रचलन विस्थापित गर्न र विदेशी बिमा कम्पनीको बिमा लेख विस्थापित गर्न नेपाल सरकार, राष्ट्र बैंक, बैंक तथा वित्तिय सस्था, बिमा कम्पनीहरु र स्थानीय तहसंग सहकार्य एवंम समन्वय गर्ने कार्य प्रदेश सरकारले गर्ने घोषणा सम्मेलनबाट गरिएको छ ।

वित्तीय पहुचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता भन्ने नारा रहेको प्रदेश वित्तीय सम्मेलनको शुक्रबार धनगढीमा एक समारोहका बीच पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्ुघाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button