तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक असल चरित्रको खाँचो : मुख्यमन्त्री पोखरेल

घोराही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असल चरित्रले मात्रै समाजको बिकास अघि बढ्ने बताउनुभएको छ ।

ब्रह्मकुमारी इश्वरीय बिश्वविद्यालय घोराहीले निर्माण गर्न लागेको भवनको शनिबार (आज) शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सामाजिक बिकास मानवीय चरित्रमा भरपर्ने बताउनुभएको हो ।

असल चरित्रविना समाज अघि बढ्न नसक्ने भन्दै उहाँले आध्यात्मीक मात्रै नभई सबै चिन्तनहरुको प्रयोग हुन आबश्यक रहेको बताउनुभयो ।

ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय मातृ शक्तिले चलेको चर्चा गर्दै मुख्य मन्त्री पोख्रेलले सामाजिक चरित्र निर्माणमा त्यसले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button