तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायिकरण र आधुनिकिकरणका लागि ५२ लाख वितरण हुने

पर्वत । कृषिमा व्यवसायिकरण र आधुनिकिकरणका लागि मात्रै यो वर्ष पर्वतमा १७ करोड ५२ लाख ७० हजार रुपैयाँ बितरण हुने भएको छ ।

कृषि ज्ञानकेन्द्र पर्वतले बाग्लुङ र पर्वतका बिभिन्न स्थानीय तहमा खाद्यान्न, तरकारी तथा फलफुलको खेती बिस्तार गर्न चालु वर्षमै यति ठुलो रकम खर्च गर्न लागेको हो ।

ज्ञान केन्द्रले दुबै जिल्लाका सबै स्थानीय तहलाई समेटेर खाद्यान्न, नगदेबाली, माहुरी, तरकारी तथा फलफुलका पकेट तथा ब्लकमा बर्गिकरण गरि कृषिमा व्यवसायिक र आधुनिकिकरणमा ध्यान दिंदै लगानी बढाएको जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत पकेट, ब्लक तथा जोन कार्यक्रम लागु भएका स्थानीय तहका बिभिन्न वडामा सिंचाई, मेसिन, औजार, बिउबिजन, रोगकिराको उपचार, प्राविधिक उपकरण खरिद लगायतमा यो रकम खर्च हुने ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रले चालु वर्षमा नै पर्वतका सात र बाग्लुङका १० स्थानीय तहमा ५२ वटा पकेट र १५ वटा ब्लक प्रस्ताव गरेर कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button