तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरघात गर्नेलाई पार्टीले कारवाही गर्छः सभापति देउवा

भैरहवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेहरुलाई कारवाही गरिने बताउनुभएको छ ।

नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो भेलालाई आज भैरहवामा सम्बोधन गर्नुहुँदै सभापति देउवाले पार्टीभित्र अन्तरघात डरलाग्दो रोगका रुपमा अगाडी बढ्दै गएकाले पार्टी कमजोर भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रजातन्त्रको दियोलाई कसैले निभाउन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button