तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त

नेपालगञ्ज । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको  छ ।

आज बिहान पौने १० बजेतिर कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत् हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्दको मृत्यु भएको हो ।

स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको छ । दर्जनौं गाडीहरु बीच सडकमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् ।

उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button