तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङको पाउँदीखोलामा बस खस्दा एकको मृत्यु, सात घाइते

लमजुङ । लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरब

जार नगरपालिका ७ पाउँदीमा आइतबार बिहान ७ बजेर २० मिनेटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त बस सुन्दरबजार नगरपालिका वडा नं ७ मा रहको प्रहरी चेक पोष्ट नजिकैबाट करिव २०० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताउनुभयो । बस दुर्घटना हुँदा अन्दाजी ३०÷३३ बर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । उनको नाम ठेगाना भने खुलेको छैन ।

गम्भीर घाइते चार जना मध्ये गोरखा धार्चे गाउँपालिका २ का अन्दाजी ४०÷४२ बर्षीय आइतमान गुरुङ, सोही ठाउँकै १३ बर्षीया सुस्मिता गुरुङ, गोरखाको आरुघाट गाउँपालिकाको थुमीका २८ बर्षीय राजन गुरुङ, बेंसीसहर नगरपालिका १ का ३५ बर्षीय जमुना परियारलार्ई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

मस्र्याङदी गाउँपालिका ९ की ३२ बर्षीया पुनम भुजेललाई कर्मदा अस्पताल सुन्दरबजारमा सामान्य उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । गोरखाको २० बर्षीया कृति लामिछानेलाई उपचारका लागि आबुखैरेनी पु¥याइएको छ ।

गोरखाको धार्चे गाउँपालिका ४ का १८ बर्षीय जयबहादुर गुरुङको स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

प्रहरीका अनुसार उक्त बसमा करिव १२ जना यात्रु थिए । बसका चालक तनहुँको भन्सार घर भएका कृष्णबहादुर आले भने गाडि छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ । रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button