तपाईँ सुन्दै हुनुहुन्छः

महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिए मात्र विभेदको अन्त्य गर्न सकिन्छ : उप प्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले महिलालाई लैङ्गिक हिंसा र बिभेदबाट मुक्त गराउन उनीहरुलाई आर्थिक रुपमै सवल र सशक्त बनाउनुको विकल्प नरहेको बताउनुभएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आज काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर ३ स्तरीय कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले महिलालाई आर्थिक रुपमा सवल बनाउन सकिएमात्र महिला हिंसा र विभेदको अन्त्य गर्न सकिने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सामाजिक, आर्थिक, राजनीतिक र साँंस्कृतिक जुनसुकै विभेद जहाँ–देखिन्छन् त्यहि यस्ता अभियान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले कुनै पनि हिंसामा पदीय हैसियत, हैसियत र शक्तिको आडमा कसैले पनि छुटकारा पाउन नहुने स्पष्ट पार्नुभयो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला शशक्तिकरणलाई प्राथमिकतामा राखेर लैङ्गिक हिंसा अन्त्यका लागि प्रभावकारी कदम चालिने बताउनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले ९१ प्रतिसत बलत्कारका घटनामा चिनजान र आफन्तहरुबाटै हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै लैङ्गिक हिंसा र अपराधजन्य गतिविधि रोकथाममा सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सरकारले अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस, नोभेम्बर २५ को अवसरमा मंसीर ९ गतेदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button