तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकता मजबुद बनाउन चेतनशील समूदायको महत्वपूर्ण भुमिका रहेको : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले मुलुकमा राष्ट्रिय एकता र सदभाव कायम राख्न श्रष्टाका कलम थप शसक्त हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति सामाजिकशास्त्र तथा दर्शनशास्त्रजस्ता वाङमय विधाहरुमा योगदान पु¥याउने विद्धान एवं श्रष्टालाई प्रदान गर्दैआएकोे आएको पुरस्कार प्रदान गर्न राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय एकता मजबुद बनाउन चेतनशील समूदायको महत्वपूर्ण भुमिका रहदै आएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कवि , कलाकार लगायत सम्पूर्ण वाङमय साधकहरुलाई आफनो कृति मार्फत राष्ट्र विकासको अभियानमा जुटन आग्रह गर्नुहुँदैे श्रष्टाहरुको वृतिविकास र सम्पूर्ण वाङमयक्षेत्रको श्रीवृद्धिमा राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भटट्राईले मुलुकको राष्ट्रिय एकता र जातिय सदभाव कायम राख्न सबैको प्रयास हुँदै आएको र यतिबेला थप राष्ट्रिय एकता मजबुत बनाउन श्रष्टा, संस्कृतिप्रेमि सबैको साझा प्रयास जारी रहनुपर्नै बताउनुभयो ।


त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ष्ठानले प्रत्येक ४ वर्षमा प्रदान गर्दै आएको पुथ्वी प्रज्ञा पुरस्कार २०७५/७८ बाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । उहालाई चार लाख नगदसहित पदक र सम्मानपत्र प्रदान गरिएको हो ।

त्यसैगरी प्रत्येक २ वर्षमा प्रदान हुँदै आएको १ लाख राशिको नेपाल प्रज्ञा सामाजिकशास्त्र संस्कृति /दर्शन पुरस्कार २०७५/७६ प्रा.डा.त्रिरत्न नारायण मान्नधर र नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ ।

प्रत्येक वर्ष प्रदान हुँदै आएको १ लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ मदन रेग्मी र भागिरशि श्रेष्ठलाई प्रदान गरिएको छ ।
यसैगरी नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट अमर तुम्याहाङ ,अयोध्यानाथ चौधरी, अमृतयोञ्जन तामाङ र अशोक थारु गरी ४ जनालाई जनही १ लाख नगदसहित पदक र सम्मानपत्र प्रदान गरिएको छ ।

त्यसैगरी राष्ट्रिय कविता महोत्सव २०७६ मा प्रथम ,द्धितिय र तृतिय स्थान हासिल गर्ने ३ जना सहित ५ जना कविलाई नगद र कदरपत्रले सम्मान गरिएको छ । प्रथम ,द्धितिय र तृतिय स्थान हासिल गर्ने कविलाई क्रमश ३५ , २५ र २० हजार प्रदान गरिएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारबाट १४ जना श्रष्टाहरुलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button