तपाईँ सुन्दै हुनुहुन्छः

महिला हिंसा न्यूनिकरणका लागि महिलाहरु स्वयं सचेत र सजक हुनुपर्नेमा जोड

काठमाडौँ  । महिला हिंसा न्यूनिकरणका लागि महिलाहरु स्वयं सचेत र सजक हुनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।

वियोण्ड बेईजिङ कमिटी नेपालले आज काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले डिजिटल मिडिया र विभिन्न क्षेत्रहरुमा महिला माथि हुने विभिन्न प्रकारका हिंसा र बिभेद अन्त्य गर्न महिलाहरु स्वयं जागरुक हुनुपर्ने बताउनुभयो ।

महिला अधिकारकाक्षेत्रमा सक्रिय कविता राईले डिजिटल मिडियामा महिलाको अवस्था सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुहुँदै बदलिदो परिस्थितीमा सामाजिक सन्जालहरुमार्फत महिलाको मानसिकतामा चोट पुर्याउने प्रकारका सामाग्रीहरु राखी उनिहरुमाथि हिंसा पुर्याउने प्रवृत्ति बढिरेहको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button