तपाईँ सुन्दै हुनुहुन्छः

मानव विकास सुचंकाकमा नेपाल १४७ औ स्थानमा

news

मानव विकास सूचकांकमा नेपाल ३२ स्थान तल

काठमाडौं । नेपाल विश्व मानव विकास सुचंकाकको मध्यम श्रेणीमा परेको छ ।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले आज सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा नेपाल विश्व मानव विकास सुचकांकको मध्यम श्रेणीमा परेको हो ।

मानव विकासको सुचंकाकमा १ सय ८९ मुलुक मध्ये नेपाल १४७ औ स्थानमा रहेको छ । यो अफ्रिकी मुलुक केन्याको समान हो ।

सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकांकमा ०.५२६ ले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यस अवघिमा नेपालमा जन्मदर औसत आयु १६ दशमलब १ रहेको छ भने विद्यालय शिक्षाको मध्यम वर्ष २ दशमलब ८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलब ७  वर्षले वृद्धि भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाडौमा सार्वजनिक गरेको प्रतिवेदनले एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ ।

दक्षिण एसियामा मानव विकासमा उल्लेख्य सुधार भए पनि सन्तोषजनक र असन्तुलित रहेको प्रतिवेदनमा उल्लेख छ ।

मानव विकास सूचकांकमा नेपालको स्तर खस्किएको छ। गत वर्षको तुलनामा यस वर्ष (सन् २०१९) मा नेपालको स्तर ३२ अंकले खस्किएको हो।

गत वर्ष ११५ औं स्थामा रहेको नेपाल यस वर्ष १४७ औं स्थानमा झरेको छ। नेपालसँगै केन्या १४६ औं स्थानमा छ।

मानव विकास सूचकांकको पहिलो नम्बरमा भने नर्वे रहेको छ। त्यसैगरी दोस्रोमा स्वीट्जरल्याण्ड, तेस्रोमा आयरल्याण्ड छन्।

सूचकांकको अन्तिममा नाइजेरिया छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। यूएनडीपीले लैंगिक समानता, बहुआयामिक गरिबी आदिका आधारमा मानव विकास सूचकांक निर्धारण गर्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button