२०७६ साल माघ १५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

फूटबलमा नेपाललाई स्वर्ण पदक

रेडियो नेपाल २०७६ मंसिर २४ गते १७:३२

रासस । तेह्रौं दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको हो । सागमा नेपालका लागि यो ५१ औं स्वर्ण पदक हो ।