तपाईँ सुन्दै हुनुहुन्छः

विश्व मानव अधिकार दिवसका अवसरमा जलपान समारोहको आयोजना

रोमा रायमाझी, सरिता खनाल । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ७१ आँै विश्व मानव अधिकार दिवसका अवसरमा आज सिंहदरबारमा जलपान समारोहको आयोजना गर्यो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

यसैगरी समारोहमा संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सरकारका उच्चपदस्थ अधिकारीहरु, कुटनितिक नियोगका प्रतिनिधिहरु, मानवअधिकारकर्मिहरु लगायत नागरिक समाजका अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।

समारोहमा नेपाल सरकारका मूख्यसचिव लोकदर्शन रेग्मीले मानव अधिकारको विश्वव्यापी मान्यता अनुरुप नेपाल मानव अधिकारका सम्बन्धमा भएका सन्धि महासन्धी कार्यान्वयन र मानव अधिकार संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button