तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा ‘ड्रयागन फल’ को व्यवसायिक खेती सुरु

विश्व अधिकारी, मकवानपुर । मकवानपुर जिल्लामै पहिलो पटक ‘ड्रयागन फल’ को व्यवसायिक खेती सुरु गरिएको छ ।

मकवानपुरको मनहरी–७ रमौलीका युवाहरुले जागरुग कृषि समूह गठन गरेर सामुहिक रुपमा ‘ड्रयागन फल खेती’ खेती सुरु गरेका हुन् ।

युवाहरुको समुहले सुरु गरेको सामुहिक ड्रैगन फल खेतीको मंगलवार ३ नम्बर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विरुवा रोपेर उद्घाटन गर्नुभएको छ । बिरुवा रोप्दै मन्त्री लामाले युवाहरुले गरेको कामको प्रसंसा समेत गर्नुभयो ।

रोजगारीका लागि विदेशिएका युवाहरु स्वदेश फर्किएर सामुहिक रुपमा युवाहरुले करीब १५ कठ्ठा जमिनमा विश्व मै महँगो मानिने ‘ड्रयागन फल’ खेती व्यवसायिक रुपमा सुरु गरेका हुन् ।

सामान्यतः यसको मूल्य ८ सय देखि १ हजार रुपैयाँ प्रतिकिलोसम्म पर्ने गर्दछ । यो फल निकै स्वास्थ्यवद्र्धधक भएको र यसमा १३ प्रकारका पोषण तत्व पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button