तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

घोराही । रेडियो नेपालको आयोजनामा दाङको घोराहीमा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

रेडियो नेपाललाई समाबेशी र घरघरको आवाज बनाउने उद्देश्यले दाङका विभिन्न जातजातीका प्रमुख एवं प्रतिनीधि र प्राज्ञहरुको सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

आम सञ्चारको पुरानो सञ्चार माध्यमलाई अझै समाबेशी र सबैको मनको आवाज बनाउनका लागि सबै प्रदेशमा प्रदेश प्रशारण सुरु गरेको रेडियो नेपाललाई कुना कुना र सबैको घरघरको आवाज बनाउनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा टीकाराम उदासीले मगर, छबिलाल कोपिलाले थारु र भगवान दास चिरागले अबधि भाषाका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै रेडियो नेपालले समाबेशी आवाजको अबधारणा प्रस्तुत गरीरहेको बताउनुभयो । नेपाल सरकारको निती कार्यक्रम अनुसार सबै प्रदेशमा प्रशारण र सबै भाषालाई समेट्ने प्रयास गरेको भन्दै ब्यबस्थापनमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रमाथि पत्रकार टीका बस्नेतले टिप्पणी गर्नुभएको थियो । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दाङका प्रमुख गोकर्ण रेग्मीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्राज्ञ डा. अमर गिरी, डा. गोबिन्द आचार्यले बोल्नुभएको थियो ।

कार्यक्रममा रेडियो नेपालका योजना शाखाका निर्देशक पुष्कर गौतम, कार्यक्रम शाखाका प्रमुख डा. नबराज लम्साल, समाचार प्रमुख पवन प्याकुरेल, रिपोर्टिङ शाखा प्रमुख प्रमोद दाहाल, मुख्य ब्यापार अधिकृत पुष्कर बराल, प्राबिधीक अधिकृत भीम घिमिरेको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण बरिष्ठ कार्यक्रम अधिकृत उद्धब च्वागढीले गर्नुभएको थियो ।

यसअघि सुदुर पश्चिम प्रदेशको धनगढी र दिपायल तथा कर्णाली प्रदेशको सुर्खेतमा पनि कार्यक्रम भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button