तपाईँ सुन्दै हुनुहुन्छः

साग नेपालका लागि ऐतिहासिकः प्रधानमन्त्री ओली

सुरेन्द्रमणि त्रिपाठी । प्रधानमन्त्री के पी शर्मा ओलीले दक्षिण एशियाली खेलकूद साग नेपालका लागि ऐतिहासिक रहेको बताउनुभएको छ ।

काठमाडौंमा सम्पन्न दक्षिण एशियाली खेलकूदको समापन समारोहलाई आज भिडियो कन्फ्रेन्शबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साग सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद दिनुभयो र सागको सफल आयोजनाबाट दक्षिण एशियाली देशहरुबीच एकता र मित्रता अभिबृद्धि गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षको तयारी भईरहेका सन्दर्भमा नेपालमा सागको आयोजनाले यसलाई सफल बनाउन मद्धत पुगेको विश्वास व्यक्त गर्दै यसमा योगदान गर्न सहभागी देशहरुलाई र खेलाडीहरु आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button