तपाईँ सुन्दै हुनुहुन्छः

सिमेन्टको म्याग्नेसियम अक्साईडको मात्रा बढाउदा गुणस्तर कम हुन्छ

काठमाडौँ ।सिमेन्टमा म्याग्नेसियम अक्साईडको मात्रा बढाउदा सिमेन्टको गुणस्तर घट्ने र संरचनाहरु कमजोर हुने विज्ञहरुले बताउनु भएको छ ।
संसदको सार्वजनिक लेखा समितिको आज वसेको बैठकमा नेपाल गुणस्तर परिषदबाट ओपिसि ९इएऋ० सिमेन्टको गुणस्तर मापदण्डमा परिवर्तन गरिएको विषयमा भएको छलफलमा विज्ञहरुले सिमेन्टमा म्याग्नेसियम अक्साईडको मात्रा बढाउन नहुने बताउनु भयो ।

सिमेन्टमा म्याग्नेसियम अक्साईडको मात्रा बढउदा केही समयपछी संरचना कमजोर बन्ने भएकाले निर्माण गर्ने संरचनाको आधारमा सिमेन्टको मापदण्ड कायम गर्नु पर्नेमा विज्ञहरुको जोड दिनुभयो । परिषदले ओपिसि सिमेन्टमा म्याग्नेसियम अक्साईडको मात्रा बढाएर ६ प्रतिशत पु¥याएको छ भने सिमेन्टको सेटिङको अवधिपनि घटाएको छ ।

त्यस्तै सिमेन्टको घुलनशिलतामा प्रभाव पार्ने इन्सोलुवल रेसिड्यु ९क्ष्लकयगिदभि चभकष्मगभ० को मात्रा बढाएर २ बाट ४ पु¥याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button