तपाईँ सुन्दै हुनुहुन्छः

प्रसिद्ध पर्यटकियस्थल खप्तड क्षेत्रमा हिमपात शुरु

फाइल तस्बिर

डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तड क्षेत्रमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार हिजो रातीबाट हल्का हिमपात भईरहेको छ ।

जसले खप्तड क्षेत्रमा तापक्रम निकै घटेको उहाँले जानकारी दिनुभयो । ‘राती तापक्रम माईनस चार डिग्रिसम्म झरेको थियो’, उहाँले भन्नुभयो । मेजर घिमिरेका अनुसार आकाश धुम्मिएको छ । बाक्लो हिमपात हुने सम्भावना छ ।

यसअघि दुई हप्ता अघिपनि खप्तडमा हल्का हिमपात भएको थियो । यो पटक भईरहेको हिमपात यसवर्ष दोस्रो पटक हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button