तपाईँ सुन्दै हुनुहुन्छः

शिगास गाँउपालिकामा बिजुली नहुँदा सेवाग्राहीहरु मर्कामा

बैतडी । बैतडीको शिगास गाँउपालिकामा बिजुली नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । गाँउपालिकाद्धारा सम्पादन गरिने कामकाजका लागि विद्युत उपयोग गर्न नपाउदा स्थानीयवासी चिन्तित भएका हुन् ।

जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्धबिच्छेद जस्ता सिफारिसका लागि आवश्यक कागज पत्र जुटाउदा हातले नै लेख्नु पर्ने वाध्यता रहेको वडा नं. ४ का नागरिक अगुवा खगेन्द्र धामी बताउछन् ।

उहाँ जस्ता सयौँ व्यक्तिहरुले सरकारी सेवा सुविधाका लागि विद्युत नपाउदा नजिकको खोड्पे बजार धाउनु परेको गुनासो व्यक्त गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले शिगास गाँउपालिकामा विद्युत लाईन बिस्तारका लागि बजेट नछुट्याएकाले गाँउपालिकाको तर्फबाट सात वटै वडामा विद्युतिकरणका लागि बजेट छुट्याईएको गाँउपालिकाका अध्यक्ष हरि सिँह धामी बताउछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button