अवैध सामानसहित सात जना पक्राउ
बर्दिया । जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले ठूलो मात्रामा बदाम सहित सात जनालाइ पक्राउ गरेको छ । भन्सार छली अवैध रुपमा जुटको बोरीमा अन्दाजी. दुई क्विन्टल बदाम ल्याउदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनएको छ ।
बर्दियाबाट प्र.स.नि.गणेश बहादुर डांगीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा जिल्ला बर्दिया राजापुर न.पा.वडा नं.१० खैरीचन्दनपुरबाट भारत जिल्ला लखिमपुर तहसिल निघासन ग्राम डण्डुरी बस्ने ४० बर्षिय अलिमुद्दी, २२ बर्षिय रुक्साद, ३० बर्षिय मुनवर देव ,२० बर्षिय जमिर उद्दीन, २५ बर्षिय हैदर अली , २८ बर्षिय मैन र २४ बर्षिय फैरिज उद्दीनलाई पक्राउ गरेको हो ।
सातै जनालाई जनालाइ समानसहित आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय बर्दियामा पठाईएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्