तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते गर्ने सरकारको निर्णय (भिडियो)

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको रिक्त रहेको पदपूर्तिका लागि आगामी माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही मंसिर २३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्त एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माघ ९ गते विहिबारका दिन राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी बैठकले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्य पदमा सन् २०३७÷०३८ अवधिका लागि नेपालले आफ्नो उमेद्वारी पेश गर्न र त्यसका लागि समर्थन जुटाउने पहल सुरू गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने, आगमी पुष ४ गते शुक्रबार बेलुका ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी बैठकले सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धी जाँचवुझ आयोग र आगोगका पदाधिकारीको म्याद २०७६ मंसिर १५ गते देखि लागु हुनेगरी ६ महिना थप गर्ने, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बिराटनगर २ मोरङका अनिल पोखरेललाई नियुक्त गर्ने, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित विषादी अवशेष दु्रत विश्लेषण इकार्ईहरूमा चालु आर्थिक वर्ष २०७६/०७७ का लागि ८ वटा राजपत्राङ्कित पदको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । ।

मन्त्री बाँस्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले बाग्मती नदी तटीय क्षेत्र सुधार योजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ६३ मिलियन अमेरिकी डलर अर्थात् करिव ७ अर्व १२ करोड रूपैया बराबरको सहुलियतपूर्ण ऋण तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने, पृथ्वी राजमार्गको मुग्लिङ– पोखरा सडक सुधारका लागि सासेक राजमार्ग सुधार योजना अन्तर्गत एशियाली विकास बैंकबाट सहायताका रुपमा प्रस्तावित एक सय ९५ मिलियन अमेरिकी डलर अर्थात करिव २१ अर्व ४५ करोड रुपैयाँ बरावरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, रुरल ईन्टरप्राईज फाईनान्सिङ प्रोजेक्ट (rural Enterprises Financing Project) का लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर अर्थात् करिव पाँच अर्व ६५ करोड रूपैयाँ बराबरको ऋण सहायता स्वीकार गर्ने, फुड सेप्टी एण्ड एग्रीकल्चर कमसियलाईजेसन प्रोग्राम (Food Safety And Agriculture Commercialization Program) का लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर अर्थात् करिव ५ अर्व ६५ करोड रूपैयाँ बराबरको ऋण सहायता स्वीकार गर्ने, प्रदेश सहयोग कार्यक्रम प्रथम चरण प्रदेश नं. १ का परियोजनाका लागि स्वीस सरकारबाट प्राप्त हुने नौ दशमलव तीन मिलियन स्वीस फ्रेंक अर्थात करिब एक अर्व रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने, यूरोपेली लगानी बैंकबाट विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि प्राप्त हुने एक सय मिलियन युरो अर्थात् करिव १२ अर्व ५२ करोड रूपैयाँ बराबरको ऋण प्राप्तीका लागि वार्ता गर्न टोली गठन गर्ने, मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाबाट नेपाली सेनालाई सहयोग स्वरूप प्राप्त हुने २ वटा एम २८ स्काई ट्रक एयरक्राप्टस् (M28 Skytruck Aircrafts) ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

नेपाल सरकारद्वारा साप्ताहिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलन (भिडियो):

https://www.facebook.com/gokulprasadbaskota/videos/581926319275595/

प्रतिक्रिया राख्नुहोस्

Back to top button