२०७७ साल साउन २० गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेवारी संस्कृति जोगाउन तनहुँमा योमरी खाने कार्यक्रम

योमरी किन्नेको अत्याधिक भिड

किरण श्रेष्ठ २०७६ मंसिर २७ गते १५:४१

  तनहुँ । नेवाः मिसा खलः तनहुँको आयोजनामा बिहिबार दमौली योमरी ’मनपर्ने रोटी’ खाने कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ पुस्तालाई योमरी बारे जानकारी गराउन र नेवारी संस्कृति जोगाउन कार्यक्रम आयोजना गरिएको नेवाः मिसा खलः तनहुँकी कोषाध्यक्ष सरिता श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको सह आयोजकमा मिसा खलः व्यास नगर, मिसा खलः म्याग्दे गाउँपालिका र नेवा तजिलजि पुचस् दमौली रहेका थिए । त्यस्तै संरक्षकमा तनहुँ नेवा खलः, नेवा देय दबू गुठी समन्वय समिती व्यासनगर रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहनुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि न्यौपानेले नेवारी समुदायले आफ्नो संस्कृति जोगाउने अभियान सुरु गरेकोमा राम्रो लागेको बताउनुभयो । संस्कृतिले पर्यटक भित्याउन सहयोग पुग्ने मेयर न्यौपानेले बताउनुभयो । त्यस्तै व्यास ५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले नेवारी पर्व सबैलाई जोडेको बताउनुभयो ।

सो योमरी कार्यक्रमको लागि काठमाडाँबाट चार जना योमरी बनाउन सक्ने व्यक्तिसमेत बोलाइएको थियो । न्हुछी माया मुनिकार र लक्ष्मी महर्जनले योमरी बनाउन दमौली आएको बताउनुभयो ।

सुदन मुनिकारले योमरी पर्वको बारे जानकारी गराउनुभएको थियो । एउटा योमरी लाई ५० रुपैयाँमा र नेवारी खाजा सेट ३०० रुपैयाँमा बिक्रि गरिएको नेवाः मिसा खलः तनहुँकी कोषाध्यक्ष सरिता श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम व्यास ३ अन्सन चौतारीमा दिउसो १ बजेबाट सुरु भएको कार्यक्रम साझ अबेर सम्म भएको र योमरी किन्नेहरुको अत्याधित भिड लागेको आयोजकले जनाएको छ । त्यस्तै साझा सांस्कृतिक कार्यक्रम समेत भएको तनहुँ मिसा खलः दमौलीकी अध्यक्ष तुलसी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

स्वस्थकर योमरी
नेवार समुदायले जाडोमा चाकु, तीलको लड्डु, तरुल, मासका परिकार खाने प्रचलन छ । सांस्कृतिक रूपमा चल्दै आएका खानेकुरा वैज्ञानिक रूपमा पनि फाइदाजनक हुने विज्ञहरु बताउछन ।

योमरी चामलको पिठोबाट बनाइने परिकार हो । यसभित्र चाकु वा खुवा राखिएको हुन्छ । जाडोयाममा योमरीले शरीरमा ताप पैदा गर्ने भएकाले यसलाई स्वास्थ्यवर्द्धक पनि मानिन्छ ।

योमरी पूणिर्मा नेवार समुदायले मनाउने एक महत्वपूर्ण चाड हो । यस दिन ‘योसिं त्यो बकसिं’ नेवारी गीत गाउँदै, नाच्दै योमरी माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा छ ।

प्रकार
योमरी दुई स्वरूपमा बनाइन्छ, बायो र मायो । बायो घै“टोझैँ बीचको भाग भुक्क फुलेको हुन्छ । शिरभाग शिरकै आकारमा हुन्छ । पुछारको भागलाई मुलाको जरोजस्तै मसिनो लाम्चिलो आकार दिइन्छ।

योमरी पुन्हीमा मौसमी संस्कृति झल्किन्छ । यसलाई मुख्य बाली धान भित्र्याइसकेपछि पूर्णिमाका दिन रातभरि यो चाड मनाउन थालिएको हो।

नामाकरण
नामैले योमरी मनलाग्दो मिष्ठान्न हो । नेवारहरू मनपर्दो वस्तुलाई ‘यो’ भन्छन् । ‘यो’ अर्थात् मनपर्दो र ‘मरी’ अर्थात् मिठाई । यो चिल्लोमुक्त मिठाई हो । त्यसैका लागि पुर्खाले बफाउने प्रविधि बनाएका हुन् ।

कोलेस्टेरोलमुक्त यो वाष्पप्रणाली तत्कालीन विज्ञानसम्मत विधि थियो । योमरी बफाउन ‘मिमिचा’ प्रयोग गरिन्थ्यो । मिमिचा बा“सका मसिना रेसाबाट बुनिएका हुन्छन् ।

वृत्ताकारमा बुनेका ‘मिमिचा’मा अलिअलि तेल वा घ्यु दलिन्छ । त्यसमा उमालिएको पानीको ‘फोसिचा’ तामाका भा“डाको मुखमाथि बसालिन्छ । जतनसाथ मायो, बायो योमरी मिमिचामाथि राखिन्छ । तातो बाफ नचुहिने गरी नरम मलमलले चारैतिर बेरिन्छ ।

२० मिनेटजति लगातार बफाइन्छ । त्यसपछि योमरी तयार हुन्छ । अलिकति चिसो पानी योमरीमाथि छर्किएर तातो योमरीलाई भिक्न सजिलो बनाइन्छ।