तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी पानीले दाङमा करिव आठ करोडको ईट्टा नोक्सान

फाइल तस्बिर

घोराही । शुक्रबारदेखि परेको पानीले दाङमा पौने ८ करोड मूल्य बराबरको इट्टा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ वटा इट्टा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा २ करोड काँचो इट्टा पानीले भिज्दा पौने ८ करोड रुपैयाँको क्षति भएको हो ।

दाङ देउखुरी इट्टा व्यवसायी संघका अध्यक्ष रोम वलीका अनुसार दुई करोड २२ लाख काँचो इट्टा पानीले भिजेका कारण नष्ट भएको हो । काँचो इट्टाको मूल्य साढे तीन रुपैयाँ प्रति पिस रहेको र त्यस अनुसार सात करोड ७७ लाख रुपैयाँको नोक्सानी भएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

घोराही क्षेत्रमा १४ तुलसीपुर क्षेत्र र लमही क्षेत्रमा ९÷९ वटा इट्टा उद्योग रहेका छन् । इट्टा ओताउने तयारीसमेत गर्न नभएका कारण एक्कासी पानी परेकाले बिगतका बर्षमा भन्दा धेरै नोक्सान भएको अध्यक्ष वलीको भनाई छ ।

इट्टा पार्ने साँचोबाट इट्टा झरेपछि लगानीकर्ताको हुने भएका कारण मजदुर भन्दा उद्योगी मारमा परेको व्यवसायीहरु बताउछन् ।

यसैबीच ठूलो मात्रामा इट्टा नोक्सान भएपछि मूल्य बढ्ने देखिएको छ । अहिले १३ रुपैयाँ प्रति पिस पाकेको इट्टाको मूल्य छ । निकै धेरै क्षति भएकाले दाङमा इट्टाको मूल्य बढ्न सक्ने अध्यक्ष वलीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button