तपाईँ सुन्दै हुनुहुन्छः

पानीसँगै आएको हावाहुरीले विद्यालयको छाना उडायो, पठनपाठन प्रभावित

सल्यान । पानीसँगै आएको हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडाएको छ । जिल्लाको बागचौर नगरपालिका ६ देउरालीडाँडामा रहेको नविन आधारभुत विद्यालयमा शुक्रबार पानीसँगै आएको हावाहुरीले विद्यालयको छाना उडाएको हो ।

हावाहुरीले विद्यालयको ६ कोठे भवन पूर्ण रुपमा क्षति भएको विद्यालयका शिक्षक धन बहादुर ओलीले बताउनुभयो । विद्यालय मर्मत नहुँदासम्म पठन पाठन प्रभावित हुने ओलीको भनाई छ ।

तत्काल भवन मर्मत नभएसम्म विद्यार्थीहरु खुल्ला आकासमा बढ्न बाध्य हुने उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button