तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ठुलो धनराशीको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता शुरु

अछाम । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७ मा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

जिल्लाकै ठुलो धनराशीको दोस्रो खुल्ला मेयरकप क्रिकेट प्रतियोगितामा बिजेता टिमले एक लाख ५५ हजार पुरुस्कार पाउने भएको छ भने उपविजेता टिमले ७७ हजार छ सय पुरस्कार पाउने छ ।

यस बर्षको प्रतियोगितामा थुपै्र बिधामा पुरस्कार राखिएको छ । जसमा अनुशासित टिमले नगद ११ हजार, प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १० हजार, प्रतियोगिता अवधि भरको उत्कृष्ट ब्याडसम्यानले ५ हजार, बलरले ५ हजार र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले म्यान अफ द म्याच स्वरुप एक हजार पुरस्कार पाउने साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले बताउनुभयो ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वर विजयी भएको छ । उद्घाटन खेलमा भागेश्वरले बान्निगढी जयगढ गाउँपालिकालाई १० रनले पराजित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button