तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश   

फाइल तस्बिर

काठमाडौँ – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ ।

प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्राडा निरेश थापासहित डा भरतमणि पोखरेल र डा बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिश गर्नुभएको हो ।
जनरल प्राक्टिसमा एमडी र स्त्रीरोगको क्यान्सर विषयमा विद्यावारिधि गर्नुभएका प्राडा थापा विगत ६ वर्षदेखि प्रतिष्ठानका कार्यरत हुनुहुन्छ ।

सहकुलपति ढकालले तीन जनामध्येबाट नयाँ शिक्षाध्यक्ष नियुक्त गर्नुहुने प्रतिष्ठानको ऐनको प्रावधान रहेको छ । शिक्षाध्यक्षको कार्यकाल चार वर्षको रहनेछ ।    रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button