तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको एक विद्यालयमा दुई शिक्षक पाँच बिद्यार्थी

सल्यान । कालीमाटी गाउँपालिका १, लक्ष्मीपुर हिवरेस्थित कालिका आधारभूत बिद्यालय विद्यार्थी बिहीन बनेको छ । एक कार्यालय सहयोगीसहित दुई शिक्षकको दरबन्दी रहेको उक्त विद्यालयमा पाँच विद्यार्थी रहेका छन् ।

कक्षा १ मा दुई, २ मा एक र ३ मा दुई गरी जम्मा ५ विद्यार्थी रहेका छन । ‘भर्ना भएका बिद्यार्थी नियमित नआउँदा विद्यालय सधैं सुनसान हुने प्रधानाध्यापक हुर्मत थापाले बताउनुभयो ।

बिद्यालयमा विद्यार्थी संख्या घटेपछि कक्षा ५ सम्म सञ्चालन गरिएको बिद्यालय केही वर्ष अघि मात्रै १–३ मा झारिएको थियो  । गाउँमा एक दशकअघि ५० घरधुरी थिए । अधिकांश घरधुरी दाङ बसाईसरेपछि गाउँ सुनसान बन्दै गएको छ ।

विद्यार्थी बिहिन कालिका आधारभूत विद्यालयलाई शारदा खोलाको किनारमा रहेको चापीज्यूला बस्तीमा सार्ने तयारी भइरहेको कालीमाटी गाउँपालिका १ का वडा अध्यक्ष रबिलाल बस्नेतले बताउनुभयो । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइरहेको र चापीज्यू लामा भवन निर्माणको काम छिट्टै सुरु हुने उहाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button