तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनगणना २०७८ को तयारी लागि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम

अछाम । राष्ट्रिय जनगणना २०७८ को तयारी लागि जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

आगामी २०७८ जेठ २५ देखि असार १५ गतेसम्म गरिने जनगणनालाई सफल र प्रभावकारी बनाउन जिल्ला स्थित सरोकारबालाहरुवीच अन्तक्रिया तथा छलफल गरी कार्यक्रमबारे जानकारी गराईएको हो ।

नेपालमा हाल सम्म ११ ओटा जनगणनाहरु सम्पन्न भैसकेको र देश संघियतामा गईसकेपछिको पहिलो गणना हुन लागेको हो । जनगणनाले सुखी नेपाली सम्वृद्ध नेपालको नारा पूरा गर्ने लक्ष्य लिएको बताईएको छ ।

केन्द्रीय तथ्यांक विभाग, तथ्यांक कार्यालय डोटीको आयोजनामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुवर रहनुभएको थियो ।

प्रमुख अतिथि कुवरले गणकहरुले घर घरमा गएर तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले सही तथ्यांकले नै वास्तविक अवस्थाको पहिचान हुने हुँदा यस तर्फ सबै सरोकारवाला सचेत हुनु पर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले बाटो, पसल, चोक चौतारामा बसेर तथ्यांक संकलन नगर्न आग्रह गर्दै सहि तथ्यांक संकलन गर्न आग्रह गर्नुभयो । नगरप्रमुख बोहराले गणक छनोट गर्दा स्थानिय तहलाई नै जिम्मा दिनु पर्ने समेत बताउनुभयो ।

यस्तै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै तथ्यांक कार्यालय डोटीका अधिकृत गौरी जोशीले हरेक १० बर्षमा लिईने जनगणनाले देशको समग्र अवस्थाबारे जानकारी गराउने बताउनु भयो । उहाँले जनगणना कार्य देशकै प्रमुख कार्यभार भएकाले यसलाई सफल बनाउन सबैको भूमिका रहने बताउनु भयो ।

तथ्यांक अधिकृत जोशीले जनगणनाको महत्व, आवश्यक्ता र यसले देश विकासलाई पार्ने प्रभावबारे प्रकाश पार्नु भएको थियो । जनगणनामा विभिन्न विधिको प्रयोग गरिने र थप सुदृढीकरण गर्दै आवश्यक सबै सूचना लिईने बताईएको छ । यो बर्ष निश्चित मापदण्ड बनाई बेरोजगार युवाहरुलाई गणक छनौट गरिने योजना रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button