तपाईँ सुन्दै हुनुहुन्छः

घरघरमा खानेपानी धारा पुगेपछि स्थानीय दंग

सल्यान । सल्यान शारदा नगरपालिका ८ मार्केमा लिफ्ट सिस्टम मार्फत गाउँमा पानी पुगेपछि स्थानीय दंग परेका छन् ।बिहान उठ्ने वित्तिकै पानीको जोहो गर्न चिन्ताले सताउदै आएका स्थानीयबासी घरभित्रै पानी आएपछि दंग परेका हुन ।

लिफ्ट मार्फत घरमा नै पानी आएपछि भने उनी निकै खुशी भएको स्थानीय खड्क बहादुर भण्डारीले बताए । मार्केको बाहुनपधेराबाट लिफ्ट मार्फत पानी तानिएको छ । झन्डै एक किलोमिटर तल रहेको बाहुनपधेराबाट काजीगाउँको डाँडोमा विद्युतमार्फत पानी तानिएको भरत केसीको भनाई छ ।

जिन्दगी भर यही पानीकै लागि कहिल्यै सुत्न पाइएन अब भने बल्ल आनन्दको श्वास फेर्न पाइएको शान्तिमाया थापाले बताइन । उनले भनिन ‘एक गाग्री पानी लिन कम्तिमा एक घण्टा समय खर्च हुन्थ्यो तर अहिले त्यो समय पनि बचेको छ सरसफाईमा पनि धेरै सजिलो भएको छ ।’

शारदा नगरपालिका सल्यानको ३२ लाख अनुदानमा योजना निमार्ण गरिएको श्याम उदासले बताए । योजना सफल भएसँगै काजीगाउँका ६५ घरपरिवारले सहज रुपमा खानेपानीको उपभोग गर्न पाएका छन् ।

‘एक घर एक धारा’ कार्यक्रम अनुसार काजीगाउँमा लिफ्ट सिस्टमबाट घर घरमा धारा वितरण गरिएको शारदा नगरापालिका प्रमुख सुरेश अधिकारीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button