तपाईँ सुन्दै हुनुहुन्छः

झापामा चिसो बढेसँगै जनजीवन प्रभावित, आज दिनभर हवाई उडान अवरुद्ध

फाइल तस्बिर

झापा । पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिँडडुल पनि कम भएको छ ।

आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस रहेको थियो । नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णकुमार चुँडालले दृश्य क्षमता न्यून भएका कारण काठमाडौँबाट भद्रपुरसम्मको सबै उडान रद्द गरेको बताउनुभयो । ‘आजको दृश्य क्षमता ५०० मिटर मात्र छ, विमानस्थलमा दुई हजार २०० मिटर दृश्य क्षमता मात्र रहेकोले सबै उडान रद्द भएको उहाँले बताउनुभयो ।

बुद्ध एयर, यतिलगायतका विमान नियमित आइरहे पनि सात दिनदेखि सौर्य एयरलायन्सले भद्रपुरका सबै उडान स्थगित गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले सबै इलाका प्रहरी कार्यालयलाई सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरेर सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रहरीले झापाको राजगढ, मेचीनगर, भद्रपुर, गौरीगञ्ज, विर्तामोडलगायत विभिन्न तीन दर्जन स्थानमा काठको मुडा सडक किनारमा बालेर आगो ताप्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । काठको मुडा स्थानीय सामुदायिक वनको सहयोगमा जुटाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button