तपाईँ सुन्दै हुनुहुन्छः

अत्याधुनिक हतियार एसएमजीसहित नौ हजार गोली बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ भरौलको एकता टोलबाट अत्याधुनिक हतियार एसएमजीसहित नौ हजार बढी गोली बरामत गरिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले भरौलमा स्थानीयको कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको अवस्थामा हतियारसहित ठूलो परिणाममा गोली बरामद गरेको हो ।

गोली र हतियार जमिन मुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । बरामद गरिएको हतियार तत्कालीन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार भरौलबाट अत्याधुनिक हतियार एसएलआरसहित नौ हजार नौ सय ८२ थान गोली फेला परेको हो ।

पूर्वी पृतना हेटक्वाटर इटहरी र प्रहरीले स्थलगत अवलोनक गर्दा गोली सहित अत्याधुनिक हतियार भेटिएको हो । एसएमजी (सर्ट मेसिन गन) सहित तीन वटा ड्रममा खेमराज प्रधानको कुखुराको खोर मुनी गाडेको अवस्थामा हतियार फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button