तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा जुम्ली अर्गानिक जौको व्यापार

जुम्लामा । जुम्ला तातोपानी ६ का दलबहादुर खड्का विगत ६ वर्षदेखि काठमाडौँमा जुम्ली अर्गानीक जौको व्यापार गर्दै आएका छन् । हेला बालीका रुपमा हेरिने जौलाई काठमाडौँमा पुराएर खड्काले मनग्य आम्दानी गर्दै आएका हुन् ।

सुगर भएकाहरुलाई उत्तम हुने, मठमन्दिरमा पुजाआजा गर्दा जौ अत्याआवश्यक पर्छ । भने बियर उत्पादनका लागि पनि जौ प्रमुख कच्चा प्रदार्थ हो । बियर कम्पन्नीको माग अनुसार बर्षेनी पठाउने गरेको व्यापारी दल खड्काले बताए । उनका अनुसार पशुपतिनाथ मन्दिरमा जौ व्यापार भ्याईनभ्याई छ ।

२०७० सालदेखि जौ को व्यापार गर्न थालेका खड्का प्रत्येक वर्ष न्यूनतम २० देखि ४० मेट्रिकटनसम्म जौ  काठमाडौँ र्पुयाउँछन् । उनले भने, जौ बाली यहाँको हेलाको बाली हो । तर काठमाडौँमा राम्रो मूल्यमा बिक्री भइरहेको छ । पहिलो वर्ष १८ टन जौ काठमाडौँ र्पुयाएपछि एक्कासी माग बढेको छ । अहिले उनी १० टन जौ खरिद गरेर पठाउने तयारीमा छन् ।

गाउँमै जौ प्रति केजी २४ रुपैयाँमा किनबेच भइरहेको छ । सुगर भएकाले बढि जौ को रोटी प्रयोग गर्छन्। यो बाली मानव स्वास्थ्यका लागि निकै स्वस्थकर पनि छ । सातु बनाएर खाजा नास्तामा प्रयोग गर्नुका साथै पूजाआजामा पनि प्रयोग हुन्छ । यो समयमा जुम्लामा खाद्य बस्तु आयत गरिरहेका प्रत्येक मालबहाक गाडीमा जौ निर्यात भइरहेको छ ।

साथै तातोपानी गाउँपालिका ५ का टिकाराज चौलागाइ प्रत्येक वर्ष १० देखि पन्ध्र टनसम्म जौ काठमाडौँ पुराउछन् । उनी बियर उत्पादन कम्पनीमा बेचेर आउँछन्। उनका अनुसार बियर बनाउनको लागि जौ निकै राम्रो कच्च पदार्थ हो । व्यापारी खड्का र चौलागाईका अनुसार जुम्लामा प्रतिकेजी २४ रुपैयाँमा खरिद गरिएको जौ काठमाण्डौँको बजार तथा पशुपतिथानमा प्रतिकेजी ४० देखि ५० रुपैया सम्म बिक्रि हुने गरेको छ ।

पहिले काठमाडौँका व्यापारीले जुम्लाका ब्यापारीसँग माग अनुसार सम्झौता गर्छन्। सम्झौता अनुसार यहाँका ब्यापारीले जौ खरिद गर्छन् अहिले चन्दननाथ नगरपालिका, तातोपानी र तिला गाउँपालिका क्षेत्रबाट अत्याधिक जौ बिक्री भइरहेको छ ।

पछिल्लो पुस्ताले जौ को परिकार मन नपराउने भएपछि उत्पादन घटिरहेको थियो, स्थानीय चौलागाइ भन्छन्, ‘ब्यापारी जौ को खरिद गर्न गाउँ पुग्न थालेपछि निकै राम्रो उत्पादन भइरहेको छ । किसान जौ उत्पादनमा उत्साहित छन् । जौलाई जुम्लामा निकै सुखी बालीका रुपमा हेरिन्छ । यो खेतबारीमा छरेपछि गोड्नु पर्दैन्। एक्कासी घर भित्र्याउने बेला आइपुग्छ ।

उत्पादनको ४० प्रतिशत जौ निर्यात
भदौ महिनामा यहाँको लेकाली क्षेत्रमा जौ लगाइन्छ । सिन्चित क्षेत्रमा मंसिरदेखि माघ महिनासम्म जौ खेती हुन्छ । भित्र्याउने समय एउटै हो जेठदेखि असार महिना जिल्ला कृषि बिकास कार्यालय जुम्लाका अनुसार यहाँको कुल कृषि योग्य क्षेत्रमा सबैभन्दा बढि क्षेत्रफल जौ खेतीले ओगटेको छ । जुम्लाको तीन हजार आठ सय हेक्टरमा जौ खेती भइरहेको कृषि कार्यालयको तथ्यांक छ । प्रति हेक्टर १५ क्वीन्टल जौ उत्पादन हुन्छ । यो वर्ष मौसम अनुकुल भएकोले प्रति हेक्टर १६ क्वीन्टलसम्म उत्पादन भयो ।्

यस वर्ष जुम्लामा कुल उत्पादन भएको मध्य ४० प्रतिशत जौ जिल्ला बाहिर निर्यात भइरहेको छ । जुम्लाको एक नगरपालिका र ७ वटै गाउँपालिकामा जौ खेती हुन्छ । अहिले बुढापाकाले जौ को रोटी नै रुचाउँछन् । उनीहरु जौलाई तागतदार बाली मान्छन्। काठमाडौँमा जौको पिठो पनि राम्रो मूल्यमा बिक्री हुुने गरेको छ । यहाँ स्याउ, सिमीको राम्रो किनबेच भइरहेको बेला जौ पनि बिक्री राम्रोसँग भइरहेको छ ।

जुम्ली जौ पशुपतिनाथको लागि अत्यन्तै शुभ हुने भएकोले जौ बाली बजारीकरणमा खासै समस्य हुने देखिदैन । घोडा खच्चरको दानामा प्रयोग हुने जौँ पशुपतिनाथले होम लगायतको पूजामा प्रयोग हुँदै आएको छ ।

खरिद गरेको जौ निर्यातको लागि कृषि कार्यालय जुम्लादेखि सिफारीस लिने क्रम बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । उनका अनुसार जुम्लाका प्रत्येक घरमा पाँच कवीन्टलदेखि १५ क्वीन्टलसम्म जौँ उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button