तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा उखुको न्यूनतम खरिद मुल्य निर्धारण (भिडियो)


काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि उखुको न्यूनतम खरिद मुल्य निर्धारण गरेको छ ।

मन्त्रिपरिषद्को यही पौष ७ गते वसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उँखुको न्यूनमत लागत मुल्य, ढुवानी, मुनाफा र अनुदान समेत गरी प्रति क्वीन्टल पाँच सय ३६ रूपैँया ५६ पैसा खरिद मूल्य निर्धाण गर्न स्वीकृति दिईएको बताउनुभयो ।

यसैगरी बैठकले सुरक्षण मुद्रण सम्वन्धी उपकरणहरू खरिद गर्ने सम्वन्धमा फ्रान्स र जर्मन सरकारवाट प्राप्त प्रस्तावहरू मध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपयुक्त प्रस्ताव स्वीकृत गरी सरकार र सरकार (जि टु जी) माध्यमबाट खरिद गर्ने निर्णय गरेको छ । सरकारले पहिलो पटक ल्याउन लागेको प्रेसले सवारी चालक अनुमति पत्र, परिचयपत्र, राहदानी तथा विभिन्न प्रमाणपत्रहरूको छपाई गर्न सकिने मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

मन्त्री बास्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय किताबखानामा अद्यावधिक व्यक्तिगत विवरण (पिआईएस) अनुसार कायम भएको पदनामअनुसार समायोजन पत्र दिन स्वीकृती दिने, साना विकास आयोजना कार्यान्वयनका लागि नेपाल तथा भारत सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने, खयरबाट उत्पादित वस्तुको निकासी पैठारी सम्वन्धी सूचित आदेशमा संशोधन गर्ने, सार्वजनिक खरिद नवौं संशोधन नियमावली २०७६ स्वीकृत गर्ने, हातहतियार खरखजना सम्वन्धी प्रचलित कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक तर्जुमा गर्न शैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा चन्द्रमणी अधिकारीलाई नियुक्त गर्ने,नेपाल मेडिकल काउन्सिलको सदस्यमा किशोरविक्रम मल्ल, डा. हरिहर वस्ती, डा. सन्ध्या चापागाई, डा. सुप्रभात श्रेष्ठ, डा. प्रनित पोख्रेल, र रजिष्ट्रारमा डा. कृष्णप्रसाद अधिकारीलाई नियुक्त गर्ने, साईप्रसको निकोसियामा कार्यरत अवैतनिक नेपाली वाणिज्य दुत रामजीवन पञ्जियारको कार्याकाल चार वर्ष थप गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को यही पौष ७ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक:

https://www.facebook.com/gokulprasadbaskota/videos/583152792477105/

प्रतिक्रिया राख्नुहोस्

Back to top button