तपाईँ सुन्दै हुनुहुन्छः

हिंसालाई न्यूनिकरण गर्नका लागि छात्रालाई आत्मारक्षा तालिम

तनहुँ । महिला विरुद्ध हुने विभिन्न प्रकारको हिंसालाई न्यूनिकरण गर्नका लागि प्राज्ञिक बिद्यार्थी परिषद नेपालले छात्रा बिद्यार्थीहरुलाई आत्मारक्षाको तालिम प्रदान गरेको छ ।

परिषदले शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडामा रहेका पञ्चमुनीदेव माध्यामिक बिद्यालयका झण्डै दुई सय बिद्यार्थीहरुलाई तालिम दिएको छ ।

हिंसा भएको खण्डमा प्रतिकार गर्नका लागि आत्माबल बढाउने र प्रतिकार गर्ने तरिकाको बारेमा जानकारी दिने उद्देश्यले परिषद् अभियानसहित अगाडी बढेको छ । स्थापनाको २५ बर्ष प्रवेशको अवसरमा मिसन साहसी अभियान अन्तर्गत छात्राहरुलाई तालिम प्रदान गरिएको परिषदका केन्द्रिय सदस्य मिलन अधिकारले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समयमा महिला तथा बालिका माथी बिभिन्न प्रकार हिंसाका घटनाहरु सार्वजनिक भईरहेकाले आत्मारक्षाका लागि तालिम प्रदान गरेको बताउनुभयो ।

परिषदले देशका बिभिन्न बिद्यालयहरुका झण्डै ३० हजार छात्रालाई यो तालिम प्रदान गरिसकेको छ । पौष महिनाभर चल्ने अभियानले ५० हजार छात्रालाई तालिम प्रदान गर्ने अधिकारीले जानकारी दिनुभयो ।

यता विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक समेत रहेका शिक्षक एकनारायण भण्डारीले छात्राहरुको लागि महत्वपूर्ण तालिम रहेको बताउनुभयो । उहाँले छात्राहरुले तालिम प्रति निकै चासो व्यक्त गरेर सहभागी भएको जानकारी दिदै यस्ता तालिमहरुले समाजमा हुने नकारात्मक पक्षलाई रोक्त मद्दत पुग्ने बिस्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button