तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा आठवटा अवैध घरेलु मदिरा भट्टी नष्ट 

फाइल तस्बिर

बीरगंज । पर्साको छिपहरमाई गांउपालिका वडा नम्बर ४ बन्जारीमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने आठवटा मदिरा भट्टीलाई प्रहरीले आज बिहान नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले स्थानीय भोला यादव, नगिना यादव, अर्जुन यादव, जिउत पासवान लगायतले अवैध रुपमा घरेलु मदिरा बनाउन सञ्चालन गरेको आठ वटा भट्टी नष्ट गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो ।

भट्टी नष्ट गर्ने क्रममा मदिरा बनाउने भांडाकुंडासमेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा तयारी मदिरा एक हजार पाँच सय लिटर र मदिरा बनाउने कच्चा पर्दाथ तीन हजार लिटर नष्ट गरिएको राठौरले जानकारी दिनुभयो ।

भट्टी सञ्चालनले गर्दा भारतबाट आएका सेवनकर्ताहरुले मदिरा सेवन गरी होहल्ला गर्न थालेपछि आक्रोशित स्थानियले जिल्ला प्रहरी कार्यालयमै पुगेर उजुरी गरेछि जिल्लाबाट गएको टोलीले अवैध भट्टी नष्ट गरेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button