तपाईँ सुन्दै हुनुहुन्छः

आगो ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु

बीरगंज । कठ्यांग्रिदो जाडोसँगै आगो ताप्ने क्रममा जलेर गम्भिर भाइते भएकी एक वृद्धा महिलाको आज उपचारको क्रममा मृत्यु भएको छ ।

बाराको करैयामाई गाँउपालिका वडा नम्बर २ निवासी ७५ बर्षिया जोखनी देवी चमईनको गत पुस ८ गते आफनै घर अगाडी जाडोमा घुर ताप्ने क्रममा अचानक कपडामा आगोले टिपेपछि जलेर गम्भिर घाइते भएको र बृद्ध महिलाको उपचारको क्रममा आज बिहान कलैया अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक बिकासराज खनालले जानकारी दिनुभयो ।

विगत केही समय यता तराईका जिल्लाहरुमा कठ्यांग्रिदो जाडो र शितलहर बढेसंगै दलित बस्तीहरुमा घुर तापेर बस्ने क्रम बढेको छ ।

आगो ताप्ने क्रममा असावधानीका कारण ज्यान जान सक्ने भएको हुँदा यस तर्फ सर्वसाधारणलाई सचेत हुन प्रहरी उपरिक्षक खनालले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button