तपाईँ सुन्दै हुनुहुन्छः

डोजरमाथी ढिस्को खस्दा चालकले मृत्यु

रोल्पा । रोल्पामा सडक खन्दै गरेको डोजर माथि चट्टानसहित ढिस्स्को खस्दा चालकको मृत्यु भएको छ ।

बा २ क ५१२९ नम्बरको डोजर पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–५ माबाङमा व्याक कटिङ गरिरहेको बेला आईतबार दिउँसो जेसिबीमाथि ढिस्को खसेको थियोे

ढिस्कोले च्यापिएर झिम्रुक गाउँपालिका–६ प्यूठानका अन्दाजी ४९ वषिय चालक हेपेन्द्र नगरकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घाइते भएका नगरकोटीलाई उपचारका लागि सुलिचौर लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button