तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयमा आगजनी

काठमाडौँ । कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय बसन्तपुरमा गएराती आगजनी भएको छ । आगजनीबाट वडा कार्यालयमा रहेका फर्निचर,दराज कम्प्यूटरलगायत केही कागजपत्रसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगजनीका कारण उठेको धुंवाले वडा कार्यालय भवन समेत प्रभाबित भएको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष सरिता त्रिपाठीले जानकारी दिनुभयो । वडाध्यक्ष त्रिपाठीका अनुसार कसले आगजनी गरायो भन्ने खुलेको छैन ।

वडा नम्बर ३ को कार्यालय गाउंबाट एकान्तमा रहेको र त्यहां वरिपरि नजिकमा बस्ती नरहेकाले आगजनी रातीको समयमा भएपनि बिहानमात्र जानकारी भएको वडाध्यक्ष त्रिपाठीले बताउनुभयो ।

घटनापछि प्रहरीलाई खबर गरिएको र प्रहरीले अनुसन्धान गरिरहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button