तपाईँ सुन्दै हुनुहुन्छः

तराईका बिभिन्न जिल्लामा घाम लागेसँगै सर्वसाधारणलाई राहत

जनकपुरधाम । दुई सातापछि आज प्रदेश नंं २ को राजधानी जनकपुरधामसहित विभिन्न जिल्लाहरुमा दिउँसोबाट घाम लागेपछि सर्वसाधारणले राहतको अनुभूति गरेका छन् ।

घाम लागेपछि सर्वसाधारणहरु आफ्नो घरको आङ्गन, कौसी, छत तथा सडक छेउँमा बसेर घामको आनन्द लिएका छन् । यसैगरी घामका अभावले सुक्न नसकेका लुगाहरु पनि सर्वसाधारणले सुकाएका छन् ।

घाम नलागेपछिसाना साना बालबालिका, ज्येष्ठ नागरिक, गरिब तथा विपन्न वर्गका व्यक्तिहरु निकै मारमा परेका थिए भने बाथ, गेठीया, दम्भ तथा रुघा खोकी लागेकाहरुलाई थप स्वास्थ्य जटिलता उत्पन्न भएको थियो । घामले रोगीहरुलाई पनि ठूलो राहत मिलेको छ ।


दुई सातादेखि घाम नलागेको र चिसो बढेका कारणले आइतबारदेखि धनुषाका सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय विभिन्न पालिका तथा संस्थागत विद्यालयहरुको संगठन एन प्याब्सन तथा प्याब्सनले गरेका थिए ।

उता घाम लागेपछि पशु चौपायालाई पनि राहत मिलेको छ । लगातारको कुहिरो तथा शितलहरका कारणले पशु चौपायको मृत्यु हुने क्रम बढेको थियो भने पशुका लागि चरिचरणमा समस्या उत्पन्न भएकको थियो ।

यसैगरी घाम लागेपछि बजारको चहलपहलमा पनि बृद्धि भएको छ । शितलहरका कारणले बजारको चहल पहलमा कमी आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button