तपाईँ सुन्दै हुनुहुन्छः

पिकनिक मनाउन गएका यूवामाथि गोली प्रहार

महोत्तरी । नयाँ बर्षमा पिकनिक मनाउन गएका महोत्तरी जलेश्वर नगरपालिका–५ विसनपुरका एक किशोरमाथि बुधवार साँझ गोली प्रहार भएको छ ।

भारतसँगको सीमा छेउ नजिकै साँझ ६ बजेको समयमा घटना भएको हो ।गोली प्रहारबाट १४ वर्षीय अक्षय कापर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कापरलाई पिकनिक मनाउन गएको बेला गोली प्रहार भएको घाइतेका परिवार सदस्यहरुले बताएका छन् ।

गोली कस्ले प्रहार गरेको हो खुलिसकेको छैन ।

घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गोलीबाट गम्भीर घाइते कापरलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button